नियम ४२
बढुवा उजुरी सम्बन्धी व्यवस्था
: (१) देहायको बढुवा समितिको बढुवा सिफारिसमा चित्त नबुझ्ने प्रहरी कर्मचारीले बढुवाको सिफारिस सम्बन्धी निर्णय भएको मितिले सात दिनभित्र देहायको बढुवाको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछः–
(२) बढुवा उपरको उजुरी सुन्ने समितिले उपनियम (१) बमोजिम उजुरी प्राप्त भएपछि उजुरी गर्ने म्याद सकिएको भोलिपल्ट बढुवा समितिको राय प्रतिक्रिया र उजुरीसँग सम्बन्धित कागजात पठाउन बढुवा समितिको सचिवालयमा लेखी पठाउनु पर्नेछ । त्यसरी लेखी आएमा सम्बन्धित बढुवा समितिको सचिवालयले तीन दिनभित्र आफ्नो राय प्रतिक्रियासहित उजुरीसँग सम्बन्धित कागजात उजुरी सुन्ने
समिति समक्ष पठाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम परेको उजुरीमा उजुरी गर्ने म्याद समाप्त भएको मितिले पन्ध्र दिनभित्र टुङ्गो लगाई सक्नु पर्नेछ । बढुवाको उजुरी सुन्ने समितिले बढुवा समितिले बढुवाका आधारहरुको मुल्यांकन गर्दा कुनै कारण वा आधार खुलाउनु पर्नेमा सो नखुलाएकोमा त्यस्तो कारण वा आधार खुलाउन अवधि तोकी लेखी पठाउन सक्नेछ ।
(४) यस नियम बमोजिम परेको उजुरीको टुङ्गो लागेपछि मात्र बढुवा समितिको सिफारिस कार्यान्वयन गरिनेछ ।
(५) नियम २७ को उपनियम (१) को खण्ड (क) र (ख) बमोजिमको बढुवा समितिको बढुवा सिफारिस उपर बढुवा उजुरी सुन्ने समितिको सचिवालयको काम लोक सेवा आयोगले, नियम २७ को उपनियम (१) को खण्ड (ग) बमोजिमको बढुवा समितिको बढुवाको सिफारिस उपर बढुवा उजुरी सुन्ने समितिको सचिवालयको काम मन्त्रालयले र नियम २७ को उपनियम (१) को खण्ड (घ), (ङ) र (च)
बमोजिमको बढुवा समितिको बढुवा सिफारिस उपर बढुवा उजुरी सुन्ने समितिको सचिवालयको काम प्रहरी प्रधान कार्यालयले गर्नेछ ।
(६) बढुवा समितिको बढुवा समितिको सिफारिस उपर बढुवा उजुरी सुन्ने समितिले कुनै उम्मेदावारले यस नियमावली बमोजिम प्राप्त गर्नु पर्ने अङ्क प्राप्त नगरेको वा प्राप्त नगर्ने अङ्क प्राप्त गरेको आधारमा बढुवा समितिको सिफारिस संशोधन गर्नुपर्ने देखिएमा सो समेत गरी बढुवा समिति समक्ष पठाउनु पर्नेछ र बढुवा समितिले बढुवाको उजुरी सुन्ने समितिबाट लेखी आए बमोजिम नियुक्तिको लागि सिफारिस गर्नु पर्नेछ ।
(७) उपनियम (१) बमोजिम पर्न आएको उजुरी झुठ्ठा ठहरिएमा उजुरी पछि हुने बढुवामा त्यस्तो उजुरीकर्ताको पहिलो पटकको उजुरी भए २ अङ्क र दोस्रो पटकको उजुरी भए ३ अङ्क काटिनेछ ।